१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिभिल लघुवित्तको नाफा ८४ प्रतिशतले बढ्यो

१५ साउन, काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ को चौथो त्रैमासमा १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त मुनाफा समिक्ष अबधिको तुलनामा नाफा ८४ दशमलब ९६ प्रतिशतले बढी हो ।

२०७३/०७४ मा सिभिले ६२ लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । सिभिल लघुवित्तको खुद ब्याज आम्दानी २७ दशमलब ६३ प्रतिशतले बढेको छ । सिभिलको निस्क्रिय कर्जा शून्य दशमलब ७८ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४७ पैसा (वार्षिक) र प्रतिसेयर ‘नेटवर्थ’ १ सय १३ रुपैयाँ १० पैसा छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १३:५९