१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पहाडी जिल्लामा नोट पुर्‍याउन राष्ट्र बैंक हवाईजहाज खोज्दै 

१५ साउन, काठमाडौं । हिमाली तथा पहाडी जिल्लामा नोट पुर्याउन नेपाल राष्ट्र बैंकले हवाईजहाज खोज्न शुरु गरेको छ । हवाईजहाज भाडामा लिनका लागि राष्ट्र बैंकले सोमबार सिलवन्दी बोलपत्र आह्वान गरेको छ । नोट ढुवानी गर्न इच्छुक हवाइजहाज कम्पनीले ३१ दिनभित्र ३ हजार रुपैयाँ दस्तुर तिरी टेण्डर हाल्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बोलपत्र पेश गर्दा बोलपत्रदाताले विड वण्ड वापतको रकम १ लाख २० हजार रुपैयाँ राष्ट्र बैंक, नेपालगन्ज कार्यालयको सण्ड्री क्रेडिटर्स हिसाव २१०९९९९/०११/००२/५२४ मा जम्मा गरेको सक्कल भौचर संलग्न गर्नु पर्ने वा सो रकम बरावरको बैंकलाई मान्य हुने बैंकको बैंक जमानत पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार ०८:२७