१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

श्रीलंकाविरुद्ध कुशुमले अग्रपंक्ति समाल्ने


२९ मंसिर, काठमाडाैँ । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यु–१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन गरेका छन् । फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् ।

श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन् । यस्तै, डिफेन्समा सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन् ।

मिडफिल्डरमा प्रीति राई, सविता राना मगर, रश्मि कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन् । अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेट पछि मात्रै मौका पाउँदा सविना भने बेन्चमै थिईन् ।

आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १४:३९