करेन्ट लागेर महिलाको मृत्यु
१४ साउन,भद्रपुर । मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षीया भूमिका काफ्ले रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको हो ।
गएराति पंखा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा विर्तामोडस्थित बी एण्ड सी हस्पिटल उपचारका लागि पु¥याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पोष्टमार्टम गरी आजै दाहसंस्कार गरिएको छ ।
प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १९:५४