१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

तेक्वान्दोका लागि २२ खेलाडी छनाेट


२८ मंसिर, काठमाडाैँ । काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सम्पन्न भएकाे छ ।

जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो ।

दुवै प्रतियोगिताका लागि समान ११-११ पुरुष/महिला खेलाडी छनोट भए । एकदिने दुवै छनोट प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको थियो ।

जुनियर प्रतियोगिताका लागि छनोट भएका खेलाडीले सीधै त्यही प्रतियोगितामा सहभागिता जनाउने छन् । अर्को प्रतियोगिताका लागि खेलाडी पहिले काठमाडौं जिल्ला छनोट प्रतियोगिता खेल्नु पर्नेछ ।

जुनियर प्रतियोगिता पुस ३ देखि ५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदैछ । अर्को प्रतियोगिता माघ हुने तर स्थान तय भइसकेको छैन । छनोट भएका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, आयोजक समितिका अध्यक्ष सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार ०९:०३