१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

इटालियन सिरी एमा शीर्ष स्थानको मिलान र युभेन्ट्स बराबरीमा रोकिए


२६ मंसिर, काठमाडाैँ । शीर्ष क्लब एसि मिलान र युभेन्ट्स इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको फरक खेलमा बराबरीमा रोकिएका छन् ।

खेलको इन्जरी समयमा अनुभवी खेलाडी जाल्टान इभ्राहिमोभिकको गोलसँगै शीर्ष स्थानको मिलान १० खेलाडीमा सीमित उडिनेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १७ मिनेटमा उडिनेसले बेटोको गोलमा अग्रता बनायो । इन्जरी समयमा जाल्टानले गोल गर्दा उडिनेस घरेलु मैदानमा जितबाट बञ्चित भयो । खेलको अन्तिम मिनेटमा घरेलु टोलीका इशाक सक्सेकले रातो कार्ड बेहोरेका थिए ।

बराबरीसँगै एसि मिलान १७ खेलबाट ३९ अंक सहित शीर्षस्थानमा यथावत छ । इन्टर मिलान भने १ खेल कम खेल्दै ३७ अंक बनाएर दोस्रो स्थानमा छ । पराजित उडिनेस भने १७ खेलबाट १७ अंकसहित १५औँ स्थानमा छ ।

अर्काे खेलमा भ्रणकारी टोली युभेन्ट्स भेनेजियासँग १-१ अन्तरको बराबरीमा रोकियो । खेलको सुरुआती अग्रता युभेन्ट्सले बनायो । उसका फरवार्ड अल्भारो मोरटाले खेलको ३२औँ मिनेटमा अग्रता बनाए ।

घरेलु टोलीका माटिया अरामुले ५५औँ मिनेटमा गोल गर्दै हार टारे । बराबरीसँगै युभेन्ट्स १७ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । पराजित भेनेजिया समान खेलबाट १६ अंक बनाउँदै १६औँ स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार ०७:४५