१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त


२५ मंसिर, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके दोस्रो पटक नियुक्त भएका छन् । शनिबार बसेकाे नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ ।

यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक थिए । नेपालले पुबुदुकै प्रशिक्षणमा २०१४ को टी-२० विश्वकप खेलेको थियो । गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।

मुख्य प्रशिक्षक पदका लागि क्यानले दरखास्त आह्वान गरेको थियाे । जसमा ६० जनाले आवेदन दिएका थिए । उनिहरूमध्ये १५ जना सर्टलिस्ट भएका थिए । जसमध्ये क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । अन्त्यमा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो । नेपालले २०२२ को फेब्रुअरीमा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । प्रशिक्षक पुबुदको पहिलो काम ग्लोबल छनोट हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १०:३२