१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो


२४ मंसिर, काठमाडौँ । कुपन्डोलको फ्रेन्डस क्लबमाथि २-० अन्तरको सहज जितका साथ मनाङ मर्स्याङ्दी सहिद स्मारक‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो चरणको पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक गोल गरे ।

४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए ।

मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । तीन खेलमा समान सात अंक बटुलेका सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र २ अंक जोडेको फ्रेन्डस भने १०औं स्थानमा छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १५:२०