७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरी कडाइ

२३ मंसिर,धनगढी । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न चार वटा आचारसंहिता जारी गर्दै कडाइ गर्न थालेको हो ।डीसीएमसीको बिहीबार सम्पन्न बैठकले भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।

प्रशासनले धार्मिक, साँस्कृतिक महत्वका स्थानमा नित्य पूजापाठ, आराधना बाहेक भेला र उत्सव गर्दा भिड नगर्न आग्रह गरेको छ । अतिआवश्यक काम गर्नुपर्ने भएमा जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ ।साथै, रोगबाट बच्न तथा जोखिम न्यूनिकरण गर्न सबैलाई खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । प्रशासनले त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाइ गर्ने निर्णय समेत गरेको छ ।

 

प्रकाशित मिति : December 9, 2021 at 1:23 pm