३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

२३ मंसिर, काठमाडाैँ । आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् ।

समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् । प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार ०८:१९