११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

प्रेम तामाङको ‘राजनीतिक वेश्यावृत्ति’, एकै व्यक्ति जसपाको सांसद र कांग्रेसको प्रतिनिधि

२२ मंसिर, काठमाडौँ । देशमा पछिल्लो समय अस्थिरताको बिजारोप भएसँगै ‘राजनीतिक वेश्यावृत्ति’को चर्चा पनि चुलिएको छ । अहिले एकै व्यक्ति दुई राजनीतिक दलको प्रतिनिधित्व गरिरहेका छन ।

यस्तै प्रतिनिधित्व गर्नेमा एक हुन रसुवा प्रेम तामाङ ।  जो माओवादी आन्दोलनका नाममा स्थापित भए भने डा बाबुराम भट्टराईको नयाँ शक्तिका नाममा विभिन्न कम्पनीमा लगानी गर्ने भन्दै रसुवा वा नुवाकोटका सायौँ पार्टी कार्यकर्ताको रकम उठाएर फिर्ता दिएनन् ।

प्रेम तामाङको कांग्रेस महाधिवेशनमा निर्वाचित भएको प्रमाणपत्र ।

पार्टी प्रवेश गर्ने नाममा कांग्रेसका आधा दर्जन शीर्ष नेतालाई रसुवा बोलाएर पार्टी प्रवेश गर्ने कार्यकर्ता नपाएपछि आफू पनि कुलेलाम ठोकेका तामाङ अहिले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । उनी जनता समाजवादी पार्टी जसपाका सांसद हुन ।

राजनीतिक धर्म र इमान्दारिता दुबै बिर्सेर तामाङ दुबै पार्टीको बनेका छन । राजनीतिमा दल परिवर्तन सामान्य नै बनिसकेको छ । तर त्यसका लागि आफू आवद्ध रहेको दल त्याग गरेर मात्र अर्को दलको सदस्यता लिने र गतिबिधिमा संलग्न हुने परिपाटी छ । तर जसपाको वाहलवाल सांसदले दल त्याग नै नगरी कांग्रेसको सदस्यता लिएर महाधिवेशन प्रतिनिधि बनेपछि यसलाइ ‘राजनीतिक वेश्यावृत्ति’को रूपमा टिप्पणी गरिएको छ ।

रसुवाबाट नयाँ शक्ति पार्टीको प्रतिनिधिको रूपमा निर्वाचित भएका प्रेम पछि नयाँशक्ति संघीय समाजवादी फोरम हुँदै जसपाको सांसद बनेका हुन । उनको अहिलेको परिचय बागमी प्रदेशसभा भित्र जसपाको सांसदको रूपमा रहेको भने रसुवा नेपाली कांग्रेसको नेताको ।

तामाङको प्रवृतिबारे सामाजिक सञ्जालबाट जानकारी बाँड्दै नेपाली कांग्रेसका नेता एवं नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा ।

तामाङको यो प्रवृति राजनीतिक विकृतिको पराकाष्ठा रहेको राजनीतिक विश्लेषकहरू बताउँछन । उनको पार्टी जसपाले उनीसँग स्पष्टिकरण सोध्ने भने पनि अहिलेसम्म सोधेको छैन । तर उनी निरन्तर कांग्रेसको गतिबिधिमा सहभागी भैरहेका छन ।

तामाङ २०७४ को प्रदेशसभा निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट रसुवा क्षेत्र नम्बर १ (ख) मा विजयी भएका थिए। उनले कांग्रेसको महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र बुझेर तस्बीर नखिचाए पनि उनको प्रमाणपत्र भने सामाजिक सञ्जालमा व्याप्त बनेको छ । तामाङसँगै उनको श्रीमति दावा मेन्दो तामाङ पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन ।

तामाङको श्रीमति दावा मेन्दो तामाङ महाधिवेशन प्रतिनिधि निर्वाचित भएको प्रमाणपत्र ।

प्रकाशित मिति : December 8, 2021 at 11:53 am