१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बलात्कारमा संलग्न सशस्त्र प्रहरीका दुई जवान पक्राउ

१३ साउन, काठमाडौं । काठमाडाैकाे कलंकीमा एक युवतीलार्इ  जबरजस्ती करणी गरेकाे अाराेपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ परेका छन् । पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत थिए ।

घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले  बताए । युवतीले प्रहरीसमक्ष जाहेरी दिएकाे आधारमा दुवै पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको कोठाबाट  केही मदिराको बोटल बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार १६:०५