१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सांसद सिंहद्वारा जयपृथ्वी राजमार्गको मर्मतमा ध्यान दिन आग्रह

१३ साउन, काठमाडौँ । सांसद भैरवबहादुर सिंहले पहिराका कारण बझाङ जिल्लाको आवतजावत बन्द भएको र स्थानीयवासी प्रभावित भएका छन् भन्दै जयपृथ्वीबहादुर राजमार्गको मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले पहिराबाट खप्तड क्षेत्रमा एकै परिवारका चार जनाको निधन भएको, थलाला गाउँपालिकामा पनि सोही संख्यामा मृत्यु भएको छ भन्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गर्नुभयो । उहाँले पहिराले जलविद्युत् आयोजनाको बाँध बगाएका कारण सदरमुकामसमेत अन्धकार हुन पुगेकाले आयोजनाको मर्मतमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार १४:१५