२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सदस्य सचिव टंकलालको प्राथमिकतामा अन्तर्राष्ट्रिय प्रतियोगिता र पदक

१४ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसँगै ओलम्पिक खेल, एसियन गेम्स र दक्षिण एसियाली खेलकुद (साग)मा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित राखेपमा पदभार ग्रहण गरेसँगै नवनियुक्त सदस्य सचिव टंकलालले अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो ध्यान रहेको बताएका हुन् । सदस्य सचिव घिसिङले मंगलबार नै मन्त्रालयमा पद तथा गोपनियताको सपथ लिएका थिए ।

नेपाल रग्वि संघका पूर्व अध्यक्षसमेत रहेका घिसिङले पहिला अन्तरराष्ट्रिय प्रतियागितामा पदक आइरहने र पछिल्लो समय त्यो रोकिएकाले आफ्नो ध्यान त्यसतर्फ रहेको बताए ।

घिसिङले राखेप सदस्य सचिव प्रत्यासी भएपछि रग्विसंघको अध्यक्षपदबाट राजीनामा दिएका थिए । उनले दुबै भूमिका एकैसाथ निर्वाह गर्न नसक्ने र त्यो ऐनमा समेत नभएको बताउँदै राजीनामा दिएको जानकारी गराए ।

यस्तै घिसिङले आसन्न नवौं राष्टिय खेलुकद चाडो भन्दा चाडोगर्ने र त्यसबाट खेलाडी छनोट गरि प्रशिक्षणमा राख्ने बताए । उनले राखेपमा काम गर्न निकै चुनौती रहेको र त्यो चुनौतीलाई आफूले अवसरका रूपमा लिनेसमेत बताए ।

सोमबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रूपमा नियुक्त गरेको हो ।

१ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दर्खास्त आह्वान गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९३० बमोजिम सदस्य सचिव सिफारिसका लागि सहसचिव कमलप्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिति गठन गरेका थिए ।

समितिले आइतबार सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो । समितिले उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीपछि तीन जनाको नाम मन्त्री गहतराज समक्ष बुझाइसकेको थियो ।

नेपाल सरकारको नियम अनुसार १८ एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा समितीले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

सदस्य सचिवमा आवेदन बुझाउनेमा टंकलाल घिसिङ, अच्युतम लामिछाने, ममता श्रेष्ठ, दिपक विष्ट, आरके विष्ट, रविराज कर्णिकार,मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे,छुम्बी लामा र सुनिल नकर्मी रहेका थिए ।

पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका घिसिङले मन्त्रालयमा १६ पेजको कार्ययोजना प्रस्तुत गरेका छन् । उनले पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षको कार्ययोजना प्रस्तुत गरेका हुन् ।

राखेपमा पदभारलगत्तै घिसिङले पत्रकार समक्ष प्रस्तुत गरेका आफ्ना योजना उनकै शब्दमा

खेलकुद परिषद्को संस्थागत रुपमा ठुलो प्रश्न उठेको छ । यसलाई चिर्न पर्छ । खेलकुद परिषद् आशालाग्दा, ट््र्यामा हिडेको संस्था हो भन्नेकुरालाई लयमा ल्याउनुछ । यसको महालेखाको परिक्षण प्रतिबेदन हेर्ने हो भने, यसका विभागहरुका बीचको समन्वय र समझदारीको अभाव हेर्ने हो भने र संघहरुसँग नयाँ खेलकुद ऐन जारी भएपछि साधारण सभा गर्नुपर्ने अवस्था थियो ।

त्यो साधारण सभा नभएको घेरै भयो । १५० संघहरुको आवधिक साधारण सभा गर्ने समय सकिसकेको छ । त्यो ऐन अनुसार नियम नबनेका कारण रोकिएको छ । तत्कालिन नियम सम्बन्धित केहि गृहकार्य यो भन्दा अघि पनि भएको मैले पाएको छु । त्यसलाई पूर्णता दिनेतिर मेरो ध्यान जानेछ ।

संघहरुलाई पहिला एउटा ट्र्याममा ल्याउँछु । म आफै संघको नेतृत्व गरेका कारण संघको धेरै महत्वपूर्ण योगदान छ । संघ सम्बन्धि धेरै प्रश्नहरु पनि छन् । केहि विवादित सवाल पनि छन् । मुलतः खेलकुद संघहरुलेनै नेपालको खेलकुद क्षेत्रको खेलाडी निर्माणको कुरा, खेलुकद् गतिविधिका संचालनको कुरा, त्यस हिसाबले संघलाई एउटा ट्र्याकमा ल्याउनेछु ।

र संगै नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता म आउनु भन्दा पनि अघि हुनुपथ्र्यो । यो नहुनु राष्ट्रको लागि ठुलो घाटा हो । खेलकुद क्षेत्रमा लागेका खेलाडी, खेल ब्यवस्थापकलाई ठुलो घाटा भएको छ । त्यसैले नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर तुरुन्त काम र निर्णयहरु अगाडी बढाउनेछु ।

नवौं राष्ट्रिय खेलकुदले राष्ट्रिय टोलीको तयारीलाई जोड्छ । नवाँै राष्ट्रिय खेलकुद भनेको राष्ट्रिय टोली निर्माणको एउटा महत्वपूर्ण पक्ष पनि हो । त्यसले के गर्छ भने नवौं राष्ट्रिय खेलकुद सकिने बित्तिकै तुरुन्तै अन्तरराष्ट्रिय सहभागीताको लागि बन्द प्रशिक्षणमा राख्नुपर्छ भन्ने ठानेको छु ।

हामीसँग एसियन खेलकुद नजिकै आईरहेको छ । मेरो कार्ययोजना कम्तिमा एक बर्ष राष्ट्रिय टोलीको तयारीका निमित्त समय दिनुपर्छ भन्ने हो । तर त्यो समय दिन कम देख्छु । अब खेल हुन एकबर्षपनि छैन । तर यसलाई तुरुन्तै थालियो भने त्यो स्प्रिटलाई पकट्नको निमित्त म कोशिस गर्नेछु ।

त्यसैगरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) जो पाकिस्तानमा मा हुनेछ । त्यसको लागि पनि तयारी हुन जोडदिनेछु । मुलतः अहिलेसम्म बिगतका प्राप्त भएका अन्तराष्ट्रिय सहभागीता र प्राप्त उपलब्धि पनि मैले हेरे ।

एसियन गेम्समा हेर्ने हो भने यो भन्दा अघि हाम्रो धेरै मेडल प्राप्त भएका रहेछन् । तर पछिल्लो बर्ष, एउटा सिल्भर, त्यो भन्दा अघि एउटा ब्रन्च त्यो खालको सिनारियो झन बढ्दै जानुपर्ने अवस्थामा झन घट्दै गएको छ । यो एउटा तिथि धान्ने काम जस्तो मात्रै भइरहेको छ ।

त्यसैले ओलम्पिक सँग सम्बन्धित खेललाई मैले पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु । त्यसपछि एसियन र दक्षिण एसियन । र अन्य खेलहरु पनि त्यसको विकास र योगदानको निमित्त मैले ध्यान दिनेछु । तर मेरो जोड ओलम्पिक, एसियन र साउथ एसियन गेम्समा हुनेछ ।

यति मात्रै कुरा हैन यसलाई (राखेप) आर्थिक प्रशासनिकका हिसाबले राखेप यति धेरै अलग अलग छ । यो निकै कमजोर पनि छ । निकै बेरुजु र पेस्की पछ्र्याैट हुन बाकी रहेको संस्थाको रुपमा राखेप बाहिर चित्रित छ । यसलाई पूर्ण रुपले चहि शून्य रुपमा झार्न लागि मैले गर्नैछु ।

राखेप प्रति उब्जिएका आशंकाहरु जे छ । गलत कोणबाट यसका कमजोर पक्षबाट उब्जिएका हुन्छन् । त्यो आशंकालाई मैले विश्वासमा परिणत गर्नेछु । साच्चिकै राखेप राष्ट्रको एउटा महत्वपूर्ण निकाय हो । जसले खेलकुद क्षेत्रको मुल नेतृत्व गर्ने निकाय हो ।

नागरिकको स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको बिषय यो संस्था कमजोर हुनु भनेको राष्ट्रकै प्रतिष्ठासँग जोडिने कुरा हो । यसलाई कमजोर बनाउन हुन्न । मेरो आह्वान पनि छ । विभागका साथीहरुसँग पनि बस्नेछु । संघहरुसँग पनि अन्तरक्रिया बस्नेछु । प्रशिक्षकहरुसँग पनि बस्छु, खेलाडीसँग पनि बस्छु म । सबैसँग बस्छु । तर म के चाहन्छु भने हिजो खेलकुद जुन गतिमा हिडेको थियो । अव गति परिवर्तन गर्नुपर्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १८:५९