१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हास्यकलाकार महादेव त्रिपाठी नक्कली प्रेस पास बोकेर होटलवालालाई धम्काउँदै गर्दा पक्राउ

१३ साउन, काठमाडौँ । हास्यकलाकार महादेव त्रिपाठी नक्कली प्रेस पास बोकेर होटलवालालाई धम्काउँदै गर्दा पक्राउ परेका छन । न्युज २४ टेलिभिजन र सिधाकुरा जनतासँगको नक्कली परिचय पत्र बनाएर मध्यरातमा होटलमा गएर छापा हान्न आएको भन्दी धम्की दिने हास्यकलाकार त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ चोभारका महादेव त्रिपाठी भनिने महादेव कुमार दर्नालले आँफु न्युज २४ टेलिभिजनको सिआइडी रिर्पोटर भएको भन्दै सोह्र्रखुट्टेस्थीत फेवा होटल एण्ड रेष्ट्रेण्टमा राती एक बजे छापा हान्न भन्दै पुगेको थिए । उनले होटल सञ्चालक प्रेस पास देखाएपछि होटल सञ्चालकले तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले त्रिपाठीलाई पक्राउ गरेको हो ।

पछि होटल मालिक त्रिपाठीको गुनासो लिएर न्युज २४ मा पुगेपछि यो कुरा सार्वजनिक भएको हो । उनले आफूबाट गल्ती भएको भन्दै क्षमा मागेपछि प्रहरीले छाडेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार ०८:५८