२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

महाधिवेशनका लागि तनहुँबाट एमालेका १५ हजार कार्यकर्ता चितवन जाँदै

९ मंसिर, तनहुँ । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी किनारमा सुरू हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनको पहिलाे दिन शुक्रबार उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता चितवन उर्ताने एमालेको दाबी छ ।

उद्घाटन सत्रमा तनहुँबाट १५ हजार कार्यकर्ता चितवन जाने भएका छन् । जिल्लाका गाउँगाउँबाट १५ हजार कार्यकर्ता चितवन लैजाने तयारी रहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले बताए ।

‘सबै पालिकाका वडा वडाबाट कार्यकर्ता महाधिवेशनमा जाने गरी व्यवस्थापन गर्दैछौँ । चितवनसँगै जोडिएको देवघाट गाउँपालिकाबाट धेरै जानेछन्’, उनले भने, ‘नजिकै भएकाले ऋषिङ गाउँपालिकाबाट पनि राम्रै उपस्थिति हुनेछ।’ पार्टीको पहिचान झल्काउँदै तनहुँका एमालेजन चितवन महाधिवेशनमा जाने उनकाे दाबी छ । महाधिवेशनमा तनहुँका १८ जना नेता प्रतिनिधिका रुपमा सहभागि हुनेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:०६