१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एचएको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र परीक्षा सुरु नहुँदै फेसबुकमा

१२ साउन, काठमाडौँ । सीटीईभीटीले देशैभर लिइरहेको वर्गीकृत छात्रवृत्ति अन्तर्गतको एच.ए.को प्रश्नपत्र जनकपुरमा परीक्षा सुरु नहुँदै फेसबुकमा छ्याप्छ्याप्ती भएको छ । जनकपुरको संकटमोचन उच्चमाविमा बिहान ७ बजेदेखि सुरु भएको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु नहुँदै बाहिरिएको हो ।

बिहान सवा ९ बजेसम्म चल्ने परीक्षाको पश्नपत्र आउट भएपछि विद्यार्थीले चोरी गरेका छन । जनकपुरका केही कोचिङ सेन्टरहरुले पैसाको चलखेल गरी आफ्ना विद्यार्थी पास गराउन प्रश्नपत्र आउट गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १०:३२