१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपा नेता राजेन्द्र लोहनीको खेतमा सांसद केशव पाण्डेको प्रमुख अातिथ्यतामा रोपाइँ (फोटोफिचर)

१२ साउन, नुवाकोट । नेकपाका नेता राजेन्द्रप्रकाश लोहनीको खेतमा भएको राेपाइँ कार्यक्रममा नेकपाका नेता एवम् प्रदेश सांसद केशव पाण्डेलार्इ प्रमुख अतिथि बनाइएको छ । साउन ११ गते नुवाकोटको शिवपुरी गाउँपालिकाको थानापति सत्तरीफाँटमा भएको लोहनीको खेतको रोपाइँ कार्यक्रममा नेकपाका नेता पाण्डेलार्इ प्रमुख अतिथि बनाएपछि तत्कालीन एमालेका नेता कार्यकर्ताले खुशी प्रकट गरेका छन ।

एकले अर्काको अस्तित्व स्वीकार गर्न नमान्ने दुर्इ नेताको यो मिलनलार्इ सकारात्मक रूपमा हेरिएको छ । लोहनीको २५ रोपनी खेतमा रोपाइँ गरिएको थियो । रोपाइँ कार्यक्रममा नेकपा नेताहरू अच्युत पाण्डे, रामशरण प्याकुरेल, जितेन्द्र विष्ट लगायत पनि सहभागी थिए ।

नुवाकोटमा तत्कालीन एमाले र माअोवादीको एकीकरणका नजिक पाण्डे र लोहनीमा देखिएको एकताले पूर्व एमालेहरू एकछन भन्ने सन्देश दिएको छ ।

तस्बीरहरूः उत्तम श्रेष्ठ र विष्णु दाहाल । 

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०७:२४