१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय पक्राउ

११ साउन, काठमाडौँ । चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय पक्राउ परेका छन । निक्षेपकर्तालाई ठगी गरेको आरोपमा प्रहरीले सहकारीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । ताहाचलका रोशन कुमार खड्गी र प्रकृती श्रेष्ठलाई सिआइबीले पक्राउ गरेको हो ।

उनीहरुले ४ करोड १७ लाख ५८ हजार रुैयाँ ठगी गरेका थिए । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले गत बैशाख १७ गते डेढ वर्ष कैद र ४७ लाख ६२ हजार २ सय २५ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सहकारीको पैसाले आफ्नो नाममा घरजग्गा खरिद गरी उनीहरुले ठगी गरेका हुन् । पक्राउ परेका दुवैलाई जेल चलान गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १८:४९