न्यायाधीशहरूले न्यायलय सुधारको लागि उठाएका आवाज जायज छः गिरिराजमणि पोखरेल
-विशाल बस्नेत
२६ कात्तिक, महोत्तरी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन । जबराकाे राजीनामाको माग गर्दै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसाेसिएसन आन्दाेलनमा रहेका बेला उनकाे साे अभिव्यक्ति सार्वजनिक भएकाे हाे ।

न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउदै उनले जबराकाे विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन ।
प्रकाशित मिति : November 12, 2021 at 12:06 pm





