२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

सर्वोच्चको मूल गेटमा कानून व्यवसायीको धर्ना, अर्को गेटबाट कार्यकक्ष प्रवेश गरे प्रधानन्यायाधीश

२६ कात्तिक, काठमाडौँ । नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् ।बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् ।

मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् । महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।

प्रकाशित मिति : November 12, 2021 at 11:24 am