२६ भदौ २०८३, शुक्रबार | Sat Sep 12 2026

डोल्पोबुद्ध गाउँपालिका अध्यक्षस तेम्बा गुरुङ्गसहित तीन जना माओवादी केन्द्रमा प्रवेश

२४ कात्तिक, सुर्खेत । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीन वटाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गुरुङ्गसहित वडा नम्वर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्वर २ का अध्यक्ष छोईक्याप भोटे, वडा नम्वर ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नम्वर ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्व शान्तिमन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी उनीहरूलाई पार्टी प्रवेश गराउन डोल्पा पुगेका थिए । गुरुङ्ग स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपम विजयी भएका थिए ।

प्रकाशित मिति : November 10, 2021 at 4:37 pm