२६ भदौ २०८३, शुक्रबार | Sat Sep 12 2026

प्रधानसेनापति प्रभुराम शर्मा दिल्ली प्रस्थान

२३ कात्तिक, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।

भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न उनी दिल्ली भ्रमणमा गएका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा बुधबार हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार भ्रमण सकेर प्रधानसेनापति शर्मा शुक्रवार स्वदेश फर्कनेछन् । २० कात्तिक २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति : November 9, 2021 at 10:45 am