१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा स्वछन्द पुडासैनीको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

२२ कात्तिक, काठमाडौँ । राजधानी काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जानकारी दिएको छ ।

प्रकाशित मिति : November 8, 2021 at 10:23 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/