१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

११ कात्तिक, काठमाडौँ । साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ ।कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो ।

कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएपछि उक्त कम्पनीको सेयर दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु हुने नेप्सेले जनाएको छ । दोस्रो बजारमा सेयर खरिदबिक्रीका लागि १३५ दशमलव ११ रुपैयाँदेखि ४०५ दशमलव ३३ रुपैयाँ ओपन रेञ्ज निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १४:३३