एनआई सी एशिया बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
७ साउन, काठमाडाैँ । एनआई सी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यो सम्झौतासँगै अब यस एनआई सी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाहरुबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुखकार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भरत बस्नेतले सोमबार हस्ताक्षर गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३३ शाखाकार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार बैंकको वासलातको आकार १ सय ७५अर्ब भन्दा बढि पुगेको छ ।

कुलनिक्षेप करिब १ सय ५०अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १ सय १९ अर्ब सहितनिजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको पाण्डेले विज्ञप्ती मार्फत जनाएका छन् । यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ ।
प्रकाशित मिति : July 23, 2018 at 6:25 pm









