गोविन्द केसीको अनसन र कार्यकारी निर्देशक नहुँदा अस्तव्यस्त बन्यो त्रि वि शिक्षण अस्पताल
७ साउन, काठमाडौँ । सर्वसाधारण नागरिकले सर्वसुलभ उपचार सेवा पाउने मुलुकको ठूलो अस्पताल शिक्षण अस्पताल अहिले चर्चाको केन्द्रमा छ । एकातिर सधै जसो गोविन्द केसीको अनसन स्थल त अर्कोतिर राजनीतिक क्रियाकलापबाट वढी प्रताडित अस्पताल दिनानुदिन झन जर्जर अवस्थामा पुगको अस्पतालका चिकित्सकहरुले बताएका छन ।
अस्पतालको ४ वर्षे कार्यकाल सकिएर पनि पुन ३ महिना पद थप गरी पुन निमित्त कार्यकारी हुन पुगेका डा दीपक प्रकाश महराले केसीेको अर्को अनसन सुरु भए लगत्तै राजीनामा दिएपछि अस्पताल झन अस्तव्यस्त भएको छ । अस्पतालका एक कर्मचारीका अनुसार अहिले धेरैजसो कर्मचारी जिम्मेवारी पूरा गर्ने भन्दा केसीका नाममा अस्पताल कसरी बन्द गर्न सकिन्छ र निजी अस्पतालमा बिरामी पठाएर कमिसन खान पाइन्छ भनेर योजना बनाउँदैछन ।
महराले आफूले छाड्ने तर अस्पतालमा भर्खरै सरुवा भएर गएका सूर्यप्रसाद अधिकारीलाई निमित्त पनि नदिनुले ठूलो चलखेल भैरहेको बुझ्न सकिन्छ । त्यस्तै अस्पतालको कार्यकारी निर्देशक पनि नहुनु र कसैलाई पनि निमित्तको जिम्मेवारी नदिनुले केसीको नाममा टिचिङ अस्पतालमा समाप्त पार्ने खेल भैरहेका बझ्न सकिन्छ । यसो हुनुमा डा महराको गैर जिम्मेवारीपन बढी देखिन्छ । महराले अझै राजिनामाको बारेमा जानकारी दिँदा आफुले ४ वर्षे कार्यकालमा भए गरेका महत्वपूर्ण काम भनि जे विषयलाई प्रचार गराउन खोजेका छन ती सबै डा भगवना कोइराला र डा इश्वर लोहनीको समयमा भएका सम्झौताहरु हुन ।
शिक्षण अस्पतालमा सञ्चालनमा आउन लागेका नया एम.आर.आई.मेशिन जडान, अक्सिजन प्लान्ट जडान जस्ता कार्य डा ईश्वर लोहनीकै कार्यकालमा भएका थिए । अझै पदमा वसेको समयमा गर्नुपर्ने आ.व. २०७५/२०७६ को कूनै पनि अस्पताल सामाग्री तथा औषधिजन्य वस्तुहरुको टेण्डर नगरि हिड्दा अस्पतालमा अत्यावश्यक सामाग्रीहरुको अभाव समेत देखिएको छ ।
अस्पतालमा विकृति यति भयो कि निज महराको समयमा महालेखा परीक्षक कार्यालयवाट लेखापरीक्षण गर्न खटिएका लेखापरीक्षकहरुलाई समेत लेखापरीक्षणमा असहयोग गरिएकोले लेखापरीक्षण कार्य तत्काललाई वन्द भएको अवस्था छ र सो सम्वन्धमा र विगतमा अस्पतालमा भएका विकृतिहरुको छानविन गर्न महालेखा परीक्षक कार्यालयको निर्देशनमा त्रि.वि.रजिष्ट्रार कार्यालयवाट छानविन समिति नै गठन गरिएको छ र सो समितिलाई श्रावण ९ गतेसम्म प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।
यसरी दिनानुदिन विग्रदो अस्पतालको अवस्थामा डा महराले राजीनामा दिएपछि अस्पतालको संवेदनशिलताई ध्यान दिएर तुरुन्तै नयां कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया थाल्नु पर्ने वा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशक नियुक्त गर्नु पर्नेमा चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन डा जगदीशप्रसाद अग्रवाल मुकदर्शक भएर वसेका छन । अग्रवाल अस्पताललाई कसरी राम्रो बनाउने भन्दा पनि केसीलाई अनसन बसाएर अस्पतालमा हड्ताल सिर्जना गराएर बाहिरबाट कसरी फाइदा लिन सकिन्छ भनेर तानावाना बुनेर बसिरहेका छन ।
टिचिङ अस्पताललाई कार्यकारी निर्देशक दिनका निम्ति छनौट समिति बनाउने र नियुक्ति प्रक्रियालाई लामो बनाएर अस्पताललाई अस्तव्यस्त बनाउन डिन आग्रवाल सक्रिय देखिन्छन । टिचिङमै कार्यरत अर्का एक प्रोफोसर भने त्रि.वि.ऐनमा कहि कतै पनि कार्यकारी निर्देशक नियुक्ति गर्दा विज्ञापन गर्ने र छनौट समिति बनाउने नाममा भद्रगोल गर्ने व्यवस्था नरहेको बताउँछन । यद्यपी अग्रवालले भने सूचना प्रकाशित गराईसकेका छन ।
प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १२:३५