४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले सरकार ढाल्न भूमिका खेल्ने नागरिक समाज नामका दुई सदस्यलाई मन्त्री उपहार !


१२ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सरकार ढाल्न भूमिका खेल्ने नागरिक समाज नाममा दुई सदस्यलाई मन्त्री उपहार दिने तयारी गरेको छन ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दा दुईजना नागरिक समाजका अगुवालाई पनि समेट्ने भएका हुन । सत्ता गठबन्धनका मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबीच यसमा सहमति जुटेको बुझिएको छ ।

उनीहरूले नागरिक समाजको नाममा सरकारविरूद्ध आन्दोलन चर्काउन सहयोग पुर्याएको लगायतको गुन तिर्न मन्त्री उपहार दिनुपर्ने शर्त राखेपछि देउवाले तयारी थालेका हुन । सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुँदा उनीहरूले पनि सपथ खानेछन ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १५:२३