मैलुङ खोला जलविद्युतकाे आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिक रेञ्ज ?
५ असोज, काठमाडौँ । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत शेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले मैलुङको पहिलो कारोबारको लागि ९५ रुपैयाँ ७५ पैसादेखि दुई सय ८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज तोकेको छ । कम्पनीले कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत भएको जनाएको छ ।
प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १७:०७












