आज पनि घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
१ असाेज, काठमाडाैँ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा १४०० रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ६५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

बिहीबार पनि सुनको मूल्य तोलामै ७०० रुपैयाँले घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १२०० रुपैयाँमा काराेबार भएको थियो।
प्रकाशित मिति : September 17, 2021 at 12:12 pm









