२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

त्रिविको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग हरियाली हुने

२४ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको बल्खुस्थित नवनिर्मित भवन परिसरलाई हरियाली बनाउने लक्ष्यका साथ बुधबार वृक्षरोपण गरिएको छ ।

त्रिविले विभागका लागि निर्धारण गरिएको जग्गामा रुद्राक्ष, कपुर, एभोकाडो, तेजपत्ता, कडिपत्ता, अमला, अम्बा, काभ्रो, चिराइतोलगायत दुई सय जातका बिरुपा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रमको त्रिविका मानविकी तथा समाजशास्त्र संकायका डीन डा कुसुम शाक्यले शुभारम्भ गरे । उनले वृक्षारोपणको शुभारम्भ गर्दै त्यसको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने बताए ।

सो अवसरमा विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले वृक्ष रोप्नेमात्र नभइ त्यसको संरक्षण गर्ने काम समेत सबैको रहेको बताए । उनले वृक्षारोपण गरिएको स्थानमा तारबार लगाएर संरक्षणको काम समेत तत्कालैबाट सुरू गरिने पनि बताए ।

वृक्षारोपण कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन डा वीरबहादुर खनाल, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका सहप्राध्यापक प्रवलराज पोखरेल, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माण समितिका संयोजक उपप्राध्यक देवराज अर्याल, विभागकै उपप्राध्यापक डा कुन्दन अर्याल, जगत नेपाल, श्रीराम पाैडेल, एमफिल/पिएचडी, एमएमा अध्यक्षनरत विद्यार्थी लगायत सहभागी रहेका थिए । करीब चार रोपनी जग्गामा बन्ने उक्त भवन रु २१ करोड ५५ लाखको लागतमा निर्माण हुँदैछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १७:२१