२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमसीसी उपाध्यक्ष फातिमाले एमाले अध्यक्ष ओलीसँग भेट्ने

२३ भदाै, काठमाडाैँ । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छिन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । ‘एमसीसी उपाध्यक्ष फातिमाले आज दिउँसो २ बजे बालकोटमा ओलीज्यूसँग भेट्ने कार्यक्रम छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईंले न्युज कारखानालाई भने ।

ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीज्यूबीच भोलि भेट्ने कार्यक्रम छ’, प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले भने, ‘तर, समय तय भइसकेको छैन । भोलि भेट्नु हुन्छ । समय भने आज अबेरसम्ममा तय भइसक्छ ।’

त्योभन्दा अगाडि उनले विपक्षी दलका नेता एवं एमालेकअध्यक्ष ओलीसँग भेट गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १२:५७