नेप्सेमा भारि अंकको गिरावट, १६ अर्ब १२ करोडकाे काराेबार
८ भदाै, काठमाडौँ । निरन्तर उकालो लाग्दै नयाँ उचाईमा पुगेको सेयर बजार मंगलबार भारि अंकले करेक्शन भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा पुगेकाे छ । नेप्से १.७६ प्रतिशतले घटेकाे हो ।
यस्तै, सेन्सेटिभ परिसूचक १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा झरेकाे छ । दिनभरिको उतारचढाव पछि बन्द हुने समयमा घटेको हो ।
मंगलबार नेप्से परिसूचक सँगै २ वटा समूहबाहेक सबै समूहमा राताम्य छाएको छ । मंगलबार दिनभरिमा २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार कित्ता सेयर १ लाख ५६ हजार पटक किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १५:५५












