२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

परपुरूषसँगको चुम्बनले विवादित वलीमाथि अर्को विपद्, नाबालक छोराहरू पुगे अदालत

७ भदाै, काठमाडाैँ । परपुरूषसँगको चुम्बनले विवादित बनेकी लुम्विनी प्रदेशसभा सदस्य बिमला ओली खत्री बिरुद्ध दाङ जिल्ला अदालतमा अंश मुद्धा परेको छ। बिमला वली खत्री का दुई छोराहरु प्रणय वली र दिवाकर वलीको तर्फबाट उनीहरुका साहिलो बुवा अमर बहादुर वलीले उक्त मुद्दा दर्ता गरेका हुन्

दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउ पालिका वडा नं ६ लेटारका रत्न बहादुर ओलीको छोरा अमर बहादुर वलीले नावालक छोराहरु १२ बर्षीय प्रणय वली र ९ बर्षिय दिवाकर वलीको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए।

श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्धाको दर्ता नं ०७३ -०७८ -००३६२ रहेको छ। निवेदकले बिपक्षी बिमला कुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पतीको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पतीको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गर्दै निवेदन पेश गरेको बताईएको छ।

निवेदक अमर बहादुर वली बिमला खत्री वलीका जेठाजु तथा स्वर्गीय उत्तर कुमार वलीका सहोदर साहिलो दाजु हुन्। निवेदक ओलीले पछिल्लो बिकसित घटनाहरुले आफुलाई बिमला वलीबाट उत्तर कुमार वलीका नावालक छोराहरुको सम्पतीको असूरक्षा देखिएकोले सम्पतीको संरक्षणका लागि अदालत पुगेको बताए।

बिमला सम्पर्कमा आएको भए त्यो अवस्था हुदैनथ्यो होला तर उनी ४ महिना देखि हाम्रो सम्पर्कमा छैनन् त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो उनले भने। अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई थाहै छ पछिल्लो पटक सामाजिक सञ्जालमा भाईरल भएको घटनाक्रमले हामीलाई ससंकित बनायो त्यसैले निवेदन पेश गरेको हुं उनले थपे।

नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तर कुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उप निर्वाचनमा तत्कालिन नेकपाको तर्फबाट निर्वाचित बिमला कुमारी खत्री वलीको पार्टीको आवद्धताका बिषयमा बिवादास्पद बनेको छ्।

समयचक्रसँगको सहकार्यमा तयार पारिएको समाचार  । 

प्रकाशित मिति : August 23, 2021 at 6:49 pm