१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाकाे ?

७ भदाै, काठमाडाैँ । साेमबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९१ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । अघिल्लो दिन छापावाल सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तै, आज तेजावी सुन ९० हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

अघिल्लो दिन तेजावी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ११८० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ११:३५