२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माधव नेपाल निकटका मन्त्री माथि बलात्कारको आरोप, के हो कुर्मराजको कुकर्म ?

७ भदौ, काठमाडौँ । माधवकुमार नेपालको पार्टीका नेता एवं कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाही माथि बलात्कारको गम्भीर आरोप लागेको छ । शाहीमाथि बलात्कारको आरोपमात्र लागेको छैन त्यसको भिडियो समेत सार्वजनिक भएको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा पीडित महिला कोठाभित्रै ढोका ढकढकाउँदै पुगेका मन्त्रीले स्वकीय सचिवको श्रीमतिलाई अंगालो बेर्दै खाट्टमा बस्छन । त्यसपछि महिला रोएको सुनिन्छ र मन्त्री शाहीले सम्झाउँदै गरेका छन ।

पीडितहरू भिडियो सहित प्रहरीकोमा पुगेका छन । घटना २०७६ सालतिरको भएको बुझिएको छ । मन्त्री शाहीका मान्छेले पीडितका आफन्तलाई घटना बाहिर नल्याउन भन्दै कुटपिट समेत गरेको पाइएको छ । यद्यपी मन्त्रीका मान्छेले बार्गेनिङका लागि आएकाले कुटपटि गरेको बताएका छन ।

कानुन व्यवसायीसँग छलफल गर्न पठाएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ। मन्त्री शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेको बुझिएको छ भने प्रहरीले साढे १ बजेतिर उक्त पीडितको उद्दार गरेको थियो।

पीडित महिलाले भने श्रीमान सम्पर्कविहिन भएदेखि आफुले चार दिनदेखि खाना पनि नखाएको आफ्नो श्रीमान नभेटिदाँसम्म बलात्कारको बारेमा नबोल्ने बताएकी छिन । उनले आफ्नो श्रीमानको खोजी गरिदिन अनुरोध पनि गरेकी छिन । यता कृषिमन्त्री शाहीले आफूले स्वकियबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको गुनासो गरेका छन ।

शाही माओवादीको सरकार जोगाउन फ्लोरक्रसमा गएपछि उनीमाथि एमालेले कारबाही गरेको थियो । उनले माधवकुमार नेपालको निर्देशनमा फ्लोरक्रस गरेको र एमालेले सांसदबाट हटाए पनि माओवादी र कांग्रेसले चुनाव जिताइदिने प्रतिवद्धता यसअघि नै बताएको भन्दै सार्वजनिक प्रतिक्रिया समेत दिएका थिए ।

आजको अन्नपूर्ण पोस्टबाट 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १०:१८