यस साता ३ दिन मात्रै सेयर बजार खुल्ने
६ भदाै, काठमाडौँ । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दिन बन्द हुने भएको छ । साताको ५ दिन नियमित रुपमा सञ्चालन हुँदै आएको सेयर बजार यस साता ३ दिन मात्रै खुल्ने भएको छ ।
यस साता २ दिन सार्वजनिक बिदा परेका कारण सेयर बजार पनि बन्द हुने भएको हो । आइतबार जनैपूर्णीमा तथा रक्षा बन्धन र सोमबार गाईजात्रा पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण आइतबार र सोमबारका दिन सेयर बजार बन्द हुने भएको हो । यस साता ३ दिन मात्रै सेयर बजार खुल्ने भएको हो ।
प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १०:२९












