२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

२०२२ को विश्वकप फुटबलमा सुरक्षकर्मीको रुपमा नेपालीको पनि सहभागिता !

१ साउन, काठमाडौँ । कतारले चार वर्षपछि हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी लैजाने संकेत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटगर्दै कतारका राजदूत युसुफ बिन मोहम्मदले नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार रहेको जानकारी दिए ।

मोहम्मदले सुरक्षा गार्डका रुपमा नेपाली लैजान कतार इच्छुक रहेको बताएका हुन । उनले नेपालीलाई विश्वकपको सुरक्षा प्रयोजनाका लागि लैँजाँदा कुनै सम्झौता गर्नुपर्ने त्यसका लागि पनि तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १७:४१