३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

संसद्मा शान्ता चौधरीको व्यंग्यात्मक कविताः ‘अब अफ्ताब आलमलाई छोडिन्छ, नियम कानून तोडिन्छ’

२६ साउन, काठमाडाैँ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले संसद्मा आज कविता वाचन गरेकी छिन्  ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले‘ भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो । विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो । अब अफ्ताब आलमलाई छोडिन्छ नियम कानून तोडिन्छ भन्दै सरकारलाइ लक्षित गर्दै व्यंग्यात्मक कविता वाचन गरेकी हुन् ।

यस्तो छ कविता

आलिशान महलमा तिम्रो बाश छ गरिबको गाँश खोस,
भूमिहिनको सपनामाथि आगो झोस
सिसाको महलबाट भोको पेट लिएर सडकमा छट्पट्एिकाहरुलाई ढुंगा हान
संसद्लाई लात हान
गठबन्धनप्रति जवाफदेही बन
संविधान हामी चिन्दैनौं, संसद् हामी जान्दैनौं
हाम्रो एउटा गबन्धन छ, त्यही गठबन्धनको एउटा उच्चस्तरीय संयन्त्र छ
संसद्ले भनेको मान्दैनौं उच्चस्तरीय संयन्त्रले भनेको मान्र्छौं
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो ।
विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो
अब अफ्ताब आलमलाई छोडिन्छ
नियम कानून तोडिन्छ
सर्वसाधारण जनताको बारेमा के मतलब ?
कोरोना को खोप त हुने खानेहरुलाई खोजेर लगाईन्छ
हामी त परमादेशबाट बनेको सरकार पो हो त
चानचुने कहाँ हो र ?
स्यावास सरकार, स्यावास
लाज लाग्यो मुकुण्डो किनेर ल्याउँला
अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार

प्रकाशित मिति : August 10, 2021 at 3:48 pm