प्रतिनिधिसभा आज बैठक बस्दै, यस्ता छन् एजेन्डा
२६ साउन, काठमाडाैँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बस्दैछ। यो आठौँ अधिवेशनको सातौँ बैठक हो। बैठकमा दुईवटा विधेयक पेश हुने कार्यसूची छ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ को सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थामा सम्बन्धमा जानकारी गराउने कार्यसूचीमा उल्लेख छ।
प्रकाशित मिति : August 10, 2021 at 11:00 am





