३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

पार्टी फुटाएरै एक्लो बनेका बाबुरामको माधव नेपाललाई सुझावः एमालेमा नफर्किनुस्

२५ साउन, काठमाडाैँ । पार्टी फुटाएर धुजा धुजा हुँदै एक्लो बन्न पुगेका डा बाबुराम भट्टराईले माधवकुमार नेपाललाई एमालेमा नफर्किन सुझाव दिएका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले नामै नलिइ नेपालका लागि यस्तो सुझाव दिएका हुन ।

डा भट्टराईले भनेका छन, ‘कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं !’

यस अघि पटक पटक हुन लागेको सहमति तोड्न प्रचण्डको दबाब झलेका नेता नेपाललाई एमालेमा नफर्कन भट्टराईले पनि सुझाव दिएपछि उनी सरकारमा सहभागी हुने कि एमालेमा भन्ने दुबिधामा परेका छन । ‘माधवजीलाई हामीले एमालेबाट उद्धार गर्नुछ ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड दिनहुँ कोटेश्वर पुगेर एमालेमा नबस्न सुझाव दिइरहेका छन ।

प्रकाशित मिति : August 9, 2021 at 8:21 am