३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

थपिए २५४८ कोरोना संक्रमित, ५५ जनाको मृत्यु

२४ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०३३ जनामा पीसीआर परीक्षण गर्दा २१३७ जना र ३३४५ जनामा एन्टिजेन परीक्षण गर्दा ४११ गरी थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यस्तै काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । साेही अवधिमा २३९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : August 8, 2021 at 4:17 pm