३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

साेमबारबाट कोभिशिल्डको दोस्रो डोज लगाइने, यी हुन खोपकेन्द्र (सूचीसहित)

२४ साउन, काठमाडौँ । कोरोना भाइरस विरुद्धको कोभिशिल्डकाे पहिलो डोज लगाइ सकेकाहरुलाई दोस्रो डोजको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई २५ गते साेमबारदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी गरेको छ ।

भुटान सरकारले दिएको २ लाख ३० हजार डोज र जापान सरकारले दिएकाे खोपसँगै खाेप लगाउन लागिएकाे हो । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले यसअघि कोभिसिल्डको पहिलो डोज लगाएपनि भारत सरकारले दोश्रो डोज नदिँदा १३ लाखभन्दा बढीले खोप लगाउन पाएका थिएनन्।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंको १२ वटा स्थानीय तहमा खोप केन्द्र तोकेको छ । काठमाडौंँ महानगरमा मात्रै ६ वटा अस्पतालबाट साेमबारबाट खोप लगाउन लागिएकाे हाे ।

प्रकाशित मिति : August 8, 2021 at 3:11 pm