स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले तिरेन महानगरपालिकालाई कर (सूचीसहित)
२४ साउन, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ । महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिनको अल्टिमेटम दिएको छ ।
महानगरपालिकाले कर बुझाउन पटकपटक पत्रचार गरेपनि अटेर गर्दै ५२ वटा कम्पनीले कर नतिरेको जनाएको छ । कर नतिर्ने सूचीमा काठमाडौं वडा नं. १६ को बालालु चोकस्थित जनमैत्री अस्पताल पनि रहेकाे छ । यो अस्पतालमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको समेत लगानी छ ।
महानगरपालिकाले समयमा कर नबुझाए राजश्व दाखिला ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : August 8, 2021 at 1:50 pm





