१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

विदुरका मेयर पण्डितको असहयोगकाबीच पनि सत्यनारायणको मन्दिर ठडियो, स्थानीय दंग

२३ साउन, नुवाकोट । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको असहयोगका बाबजुद पनि वडा नम्बर ८ को बगुवाबजारमा सत्यनारायणको मन्दिर ठडिएपछि स्थानीय दंग परेका छन । पटक पटक मेयर पण्डितलाई पुरातात्विक महत्वको सत्यनारायण मन्दिरको जिर्णोद्धार र पुनर्निमाणका लागि अनुरोध गरे पनि वेवास्ता गरेका थिए ।

यद्यपी प्रदेश सरकारसम्म स्थानीयले पहुँच पुर्याएर मन्दिर निर्माण गरी शुक्रबारबाट पूजापाठ सुरू भएको छ । नेकपा एमाले नुवाकोटका सचिवालय सदस्य गणेश श्रेष्ठको पहलमा बागमती प्रदेश सरकारको तर्फबाट प्राप्त २० लाख रूपैयाँ र ५ लाख ऋण गरी मन्दिरको पुनर्निर्माण गरिएको स्थानीय रामचन्द्र श्रेष्ठले बताए । उनले भक्तपुरबाट इट्टा ल्याएर मन्त्रिदरको निर्माण सम्पन्न गरिएको बताए ।

मन्दिरको एेतिहासिक महत्वसमेत रहेको स्थानीयले बताउँछन । पृथ्वी नारायण शाहले नेपाल एकीकरणको सुरूवात गर्न नुवाकोट माथि आक्रमण गर्न गोरखाबाट सोही मन्दिर छेउको बाटो प्रयोग गरेको अग्रजहरूले बताउने गरेका छन । शुक्रबार मन्त्रिदिरको पूजापाठसँगै नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले उद्घाटन गरे । उनले एमालेले सनातन धर्म र संस्कृतिको संरक्षणमा अग्रमोर्चामा रहेर काम गरिरहेको बताए।

मन्दिरको उद्घाटनमा एमाले नुवाकोटका सचिव काशिराज अधिकारी, बागमती प्रदेशसभा सदस्य आशामाया तामाङ, एमाले नेता रामशरण प्याकुरेल, एमाले नेतृ विन्दा ढुङ्गाना, एमालेका युवा नेताहरू गणेशकुमार श्रेष्ठ, बलराम आचार्य, नारायण घिमिरे, अनुजकुमार श्रेष्ठ लगायत समेत सहभागी भएका थिए ।

कम्युनिस्टहरू धर्मप्रति अनुदार भाव राख्ने र क्रिष्चियन धर्मको प्रचार गर्छन भन्ने गलत मान्यता चिर्दै नुवाकोटमा एमालेका नेताहरू सनातन धर्म, संस्कृतिको संरक्षण र संवर्द्धनमा क्रियाशिल बनेका छन । नेकपा एमालेकै युवा नेता समेत रहेका तत्कालीन संस्कृति मन्त्री भानुभक्त ढकालले दुप्चेश्वर मन्दिरमा पूजा गरेका थिए ।

मन्त्रीको हैसियतामा दोस्रो पशुपतिको रूपमा चिनिएको दुप्चेश्वरमा पूजा गर्ने ढकाल पहिलो मन्त्री भएका थिए । ढकालले नै नुवाकोटको धार्मिक र ऐतिहासिक पक्षको पर्यटन प्रवर्द्धन गर्नका लागि नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समितिका नाममा पर्यटन प्रवर्द्धन गर्ने गरी गठन आदेश तयार गरी अघि बढाएका थिए ।

प्रकाशित मिति : August 7, 2021 at 10:39 pm