२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

नयाँ पार्टी नबन्दासम्म एमालेकै नाममा गतिबिधि गर्छाैँः सांसद चाैधरी

२१ साउन, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्य मेणमणि चौधरीले नयाँ पार्टी नबन्दासम्म एमालेकै नाममा विभिन्न गतिबिधि चलाउने बताएका छन । बुद्धनगरको क्वलिटी बैंकेटमा माधव समूहको भेला सुरू हुँदैगर्दा बाहिर आएर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले एमालेमा रहने सम्भवना सकिएको भए पनि अध्यक्ष ओलीले घोषणा नगर्दासम्म नयाँ पार्टीको नाममा कुनै गतिबिधि नहुने बताए । उनले आजको बैठकमा नेता नेपाल र कार्यदलका सदस्य मध्येबाट एक जनाले आफ्ना कुराहरू राखेपछि केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने बताए ।

प्रकाशित मिति : August 5, 2021 at 12:44 pm