१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

माधव समूहको भेला सुरू, ओलीसँग मिल्ने कि देउवासँग भन्नेबारे रोडम्याप तयार हुने

२१ साउन, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठक बुद्धनगरको क्वालिटी बैंकेटमा सुरू भएको छ । आजको बैठकबाट एमालेमा बस्ने कि प्रधानमन्त्री देउवासँग सत्ता सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा रोडम्याप तयार हुने नेताहरूले बताएका छन । माधवकुमार नेपालसहित नेताहरू बैठकस्थलमा पुगिसकेका छन । एमालेका नाममा अनधिकृत बैठक बोलाएको भन्दै एमालेले विज्ञप्ति नै निकालेर आपत्ति जनाएको छ ।

प्रकाशित मिति : August 5, 2021 at 11:54 am