१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

विधान विपरित हुने गतिविधिमा नलाग्न एमालेको आग्रह

२१ साउन, काठमाडौँ । माधव नेपाल समुहले नेकपा एमालेको नाम दुरुपयोग गरेको भन्दै एमाले केन्द्रीय कार्यलयले आपत्ति जनाएको छ । नेपाल समूहले आज  आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङले विज्ञप्ती जारी गर्दै, आज एमालेको कुनै बैठक नभएको स्पष्ट पारेका छन् ।

उनले विज्ञप्तीमा लेखेका छन्‘नेकपा एमालेको नामबाट श्रावण २१ गते केन्द्रीय कमिटीको बैठक भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यलयको गम्भीर ध्यानाकर्षण भएको छ, ‘श्रावण २१ गते पार्टीको कुनै बैठक आयोजना नगरिएको सबैलाई जानकारी गराउँदछु ।’

एमालेको नाममा पटक पटक अनधिकृत गतिविधि गर्ने र त्यस्तो गतिविधि उपर संविधान,प्रचलित कानुन र पार्टीको विधान समेत आकर्षित हुने भएकोले त्यस्ता गतिविधिमा नलाग्न सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : August 5, 2021 at 10:28 am