एमालेका वरिष्ठ नेता झलनाथ खनालकाे मिर्गौला प्रत्यारोपण सफल
२० साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो।
उनको सचिवालयले बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’ ।
प्रकाशित मिति : August 4, 2021 at 3:21 pm





