२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

कांग्रेस त त्यस्तै हो माओवादीले भूमि आयोग खारेजीमा कसरी ल्याप्चे लायो ?

२० साउन, काठमाडाैँ । नेकपा एमालेका नेता गोकुल वाँस्कोटाले कांग्रेस विगतदेखि नै गरिब र सुकुम्बासीको दुष्मन भए पनि भूमि आयोग खारेज गर्ने निर्णयमा ओवादीले कसरी ल्याप्चे लायो भन्ने प्रश्न गरेका छन । उनले समाजिक सञ्जाल मार्फत भनेका छन, ‘परमादेश सरकारद्वारा गरिएको भूमी आयोगको खारेजीलाई म चै अनपेक्षीत कदम ठान्दीन।यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो।अचम्मित यस्मा छु कि आफुलाई सर्वहारा वर्गको महान प्रतिनीधी भन्ने माओवादीले झन्नै १७लाख भूमीहीन जनतालाई खुल्ला आकाशमुनी वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो ?’

प्रकाशित मिति : August 4, 2021 at 1:38 pm